क्षितिज पारी सानो एउटा घर हुनेछ
आखा भरी सपना मनमा रहर हुनेछ !!
गाउ वेसी खोला नाला लुकामारी गर्दा
हाम्रो लागी त्यही ठाउँ नै सहर हुनेछ !!
बाचा कसम पुरा गरी सिउदो भरेपछी
तिम्रो नाम को पछी मेरो थर हुनेछ !!
चखेवा को जोडी जस्तै बनेपछि जब
जता ~ ततै हाम्रो मात्रै खबर हुनेछ !!
मरेर त जानु नै छ, हजार जुनी सम्म
मुना~ मदन जस्तै माया अमर हुनेछ !!