हेर्दा हेर्दै जिन्दगीको बसन्त शिशिरमा बदलियो,हिजो भोलि यति उजाड हुन्छ भन्ने कहाँ ख्याल थियो र
समय परिबर्तन सिल रहेछ जीवन यात्रामा रहदा अनेकौ उकाली ओराली आउदोरहेछ यार कही कतै लडिएला पनी तर उठेर फेरि यात्रा निरन्तर गर्नु पर्छ भन्ने बिचार राख्छु विभिन्न बाधा अनि अवरोध साथै समस्या नआउलान भन्न सकिदैन कही कतै डग्मगाउन हुन्न समस्या को हल समस्या मै पनि त पाउन सकिन्छ कि भन्ने कल्पना गर्छु जस्तो कि रिन खोजेरै पनि त रिन तिर्न सकिन्छ नि होइनर ?
खुसीको किरण दु:खको वरदान हुँदैगयो
जब यो जिन्दगी आँसुमा डुबान हुँदैगयो
तिमी भन्छौ साथ छोड्दैनन् आफ्नाहरू
हेर त समुन्द्रकै बाफ पनि तुफान हुँदैगयो
हाम्रो प्रित भएर कहिल्यै जित्न सकेनौं
एउटा घडीले जित्यो समय बलवान हुदै गयो
पोखिइसकेको दूध,फूटिसकेको अण्डा,झरिसकेको फूल र बितिसकेको समय उपर पश्चाताप गर्नु उस्तै उस्तै हो!