तिम्रो रचनामा ढुक्ढुकीको संगीत भरि ,गाउँन मन छ
तिमी मस्त निदाएको बेला,सपना बनी आउँन मन छ
आउ प्यारी कहिल्यै नछुट्टिने बाचा गरौ
दुबै मिलि मायाको गितलाई सङ्गीत भरौ
निस्वार्थ मायाको बिरुवालाई गोडमेल गरि,
जुनिभरि साथ दिने एकअर्काको भरमा परौ
साँचो माया तिमीलाई नै गरि,भरोसाले बाँच्ने हो अब
दैव कसम अजम्बरी पिरती, तिमी सँग लाउँन मन छ !!!